
काठमाण्डौ ,चैत्र ५। बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले चन्द्रागिरी नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
नेकपा एमालेबाट आगामी निर्वाचनमा नगर प्रमुखको पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।
सबै शाखा र नगर कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट नगर प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. हरिशरण थापा
नेकपा एमाले बागमती प्रदेस कमिटीका सदस्य हरिशरण थापा पनि २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदको सम्भावित दावेदारका रुपमा रहेका छन।
लामो समय देखि नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेका थापा राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन।
२ .गोपीचन्द्र कार्की
नेकपा एमाले बागमती प्रदेस कमिटीका सदस्य गोपीचन्द्र कार्की पनि २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदको सम्भावित दावेदारका रुपमा रहेका छन।
लामो समय देखि नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेका कार्की राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन।
३ . दिपक पनेरु
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सचिवालय सदस्य तथा नगर इन्चार्ज दिपक पनेरु पनि २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदको सम्भावित दावेदारका रुपमा रहेका छन।
लामो समय सम्म युवा संघ नेपालमा विभिन्न जिम्मेवारी बहन गरेका पनेरु नेपालको सहकारी आन्दोलनमा पनि सक्रिय रहेका छन।
४ . राजु श्रेष्ठ
नेकपा एमाले चन्द्रागिरी नगर कमिटीका अध्यक्ष राजु श्रेष्ठ पनि पनि २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदको सम्भावित दावेदारका रुपमा रहेका छन।
नेकपा एमाले चन्द्रागिरीका विभिन्न जिम्मेवारीमा रहेका श्रेष्ठ राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन।
तस्बिर:- कपन अनलाइन