चन्द्रागिरि नगरपालिकाको छोरी बुहारी उच्च शिक्षा छात्रवृत्ति वितरण सम्बन्धी सूचना ।

462

चन्द्रागिरि नगरपालिकाले छोरी बुहारी उच्च शिक्षा छात्रवृत्ति वितरण सम्बन्धी सार्वजनिक सुचना जारि गरेक छ।

उक्त सुचनामा

प्रस्तुत विषयमा नगरस्तरीय छात्रवृत्ति व्यवस्थापन समिति चन्द्रागिरिको मिति २०७१।१२।२० को निर्णयानुसार चन्द्रागिरि नगरपालिका छात्रवृत्रि व्यवस्थापन कार्यविधि, २०७९ को परिच्छेद ५ ले दिएको प्रावधान अनुसार यस नगरपालिकामा स्थायी बसोबास भएका छोरी बुहारीलाई तपसिल बमोजिमका विषय क्षेत्र, समावेशी वर्ग र शैक्षिक तहका लागि छात्रवृत्ति उपलब्ध गराउन आर्थिक वर्ष २०७९/८० मा यस नगरपालिकाबाट रकम विनियोजन गरिएको हुँदा देहाय बमोजिमका कागजातहरु सहित मिति २०८०।०१।१९ गते भित्र यस नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशान गरिएको छ ।

तपसिल : विषय क्षेत्र :- १) स्वास्थ्य, २) कृषि, ३) वनविज्ञान, ४) इन्जिनियरिङ, ५) सूचना प्रविधि, ६) विज्ञान, ७) व्यवस्थापन, ८) मानविकी, ९) कानून र १०) शिक्षा

समाबेशी वर्ग :- १) अपाङ्गता, २) गरिव, ३) सिमान्तकृत तथा लोपोन्मुख, ४) दलित, ५) जनजाति, ६) शैक्षिक

तह :- जेहेन्दार १) स्नातक, २) स्नातकोत्तर, ३) एमफिल, ४) विद्यावारिधि, ५) अनुसन्धान

निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु:-

१. चन्द्रागिरि नगरपालिकामा स्थायी बसोबास भएको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित कागजात ।

२. मान्यता प्राप्त शिक्षण संस्थाबाट प्राप्त शैक्षिक योग्यताको प्रमाणित कागजातहरु ।

३. हाल नियमितरुपमा अध्ययन गरेको शिक्षण संस्थाबाट नीज विद्यार्थीले अन्य कुनै किसिमको छात्रवृत्ति नलिएको र नियमित विद्यार्थी रहेको भनी उल्लेख गरेको सक्कलै पत्र ।

४. समाबेशी वर्ग खुलेको परिचय पत्र