
डिशहोम फाइबरनेटले काठमाडौंको चन्द्रागिरि नगरपालिका गुर्जुधारामा सह-वितरण शोरुम सञ्चालनमा ल्याएको छ । बलम्बु टि.भि हाउसले सञ्चालन गर्नेगरी मिति २०७८/११/७ गते शनिबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो ।
डिशहोमका एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटा ब्राण्ड अफिसर दिनेश र अनिल ठाकुरको उपस्थितिमा शोरुम उद्घाटन भएको कम्पनीले जनाएकाे छ ।
विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको बलम्बु टि.भि हाउसले डिशहोम र डिशहोम फाइबरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्सफर, सेट टप बक्स तथा रिलोकेसनलगायत बिक्रीपछिको सम्पूर्ण सेवाहरु नयाँ शोरुममार्फत प्रदान गर्ने जनाइएको छ ।
बलम्बु टि.भि हाउसले हालसम्म धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ । अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने बलम्बु टि.भि हाउसका सञ्चालक प्रभात भट्टराईले बताउनु भएको छ ।
डिशहोम फाइबरनेटको नयाँ कनेक्सन, डिशहोम जडान, डिशहोम सम्बन्धित सम्पूर्ण सेवाको लागि सम्पर्क नम्बर 01-4316540, 9843792437 , 9841716867 , 9818942201
गुर्जुघारा चाेक, चन्द्रागिरि ।
Facebook:-
https://www.facebook.com/dhfiber
https://www.facebook.com/balambutvhouse/