दहचाेकमा आफ्नै घरमा एक जना मृत अवस्थामा फेला

चन्द्रागिरि नगरपालिका वडा नं.१ दहचाेककाे गैरीगाउँ गिरिटोलमा एक पुरष शव फेला परेको छ । प्रहरी आनुसार बिहीबार आफ्नै घरमा ५८ वर्षीय बदन गिरी मृत अवस्थामा फेला परेको हो।

यसै काठमाडौं दक्षिणकाली नगरपालिका वडा नं. ४ स्थित बाँसबारी डाँडा रेष्टरेण्ट एण्ड गेष्ट हाउसमा काम गर्ने हुम्ला खार्पुनाथ गाउँपालिका १ घर बताउने ३४ वर्षीय धन राज शाही ठकुरी बिहीबार सोही गेष्टहाउसको कोठमा मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।