चन्द्रागिरि नगरपालिकामा सोमबारबाट ढक, तराजु दर्ता तथा नविकरण शिविर संचालन हुने

361

चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको सहयोगमा नगर क्षेत्रमा ढक तराजु दर्ता तथा नविकरण शिविर सञ्चालन गर्ने भएको छ ।

फाल्गुन ८ गते सोमबार चन्द्रागिरि नगरपालिका-१० सतुंगलबाट सुरू हुने सो शिविर क्रमश नगरका अन्य वडाहरूमा पनि सञ्चालन हुने चन्द्रागिरि नगरपालिकाका आर्थिक बिकाश शाखा प्रमुख राजु बहादुर खड्काले जानकारी दिनुभयो ।

ढक तराजु परीक्षाणका क्रममा व्यापारी, व्यवसायीहरूले नागरिकता प्रमाणपत्रको छायाँप्रति, उपलब्ध भएमा व्यवसाय दर्ता प्रमाणपत्रको छायाँप्रति समेत संलग्न गर्नुपर्नेछ । साथै, ढक तराजु खरिद गरेको ३५ दिन नकटेको अवस्थामा सो को बिल तथा कटेको अवस्थामा ढक तराजु अनिवार्य रूपमा शिविरमा लानुपर्ने बताइएको छ ।

यसपछि ढक तराजु दर्ता एवं नविकरण नगरी प्रयोगमा ल्याएको पाइएमा कानुनबमोजिम कारबाही हुने नगरपालिकाले जनाएको छ ।