चन्द्रागिरि नगरपालिकामा ‘डिजे लाउन्ज’ असार ३१ र ३२ उद्घाटन गर्ने

चन्द्रागिरि नगरपालिकामै पहिलोपटक अत्याधुनिक फेमिली लाउन्ज “डिजे लाउन्ज” गत महिनाबाट सञ्चालनमा आएको आगामी शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिने भएको छ ।

चन्द्रागिरि ११ सतुंगलस्थित मुक्तिनाथ कम्प्लेक्समा यही पुस ३१ गते औपचारिक रुपमा उद्घाटन गर्न लागेको हो।

युवा व्यवसायीहरुको सामूहिक लगानीमा सञ्चालनमा आउन लागेको उक्त रेष्टुराँमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाईन्छ। हाइजेनिक खानाका परिकारमात्रै नभई हरेक दिन फरक–फरक सांगीतिक लाईभ कार्यक्रम समेत प्रस्तुत गरिने “डिजे लाउन्ज”का अध्यक्ष देवकुमार महर्जनले जानकारी दिए।

चन्द्रागिरिको मुख्य केन्द्र मानिने सतुंगलमा सुरक्षित पारिवारिक वातावरणमा फरक ढंगले संगीत र स्वादको आनन्द लिन सकिने हिसाबले रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको अध्यक्ष महर्जनले बताए। नेपालको नमूना स्वरुपमा तयार गरिएको लाउन्जमा लाइटिङ सिस्टम हाई टेक्नोलोजी काइनेटिक, आरजीबी स्टिपसहितका अत्याधुनिक तथा अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग गरिएको छ। खेलप्रेमीहरुलाई समेत मध्यनजर गर्दै १ वटा उच्चस्तरीय ठूलो पर्दाको एलईडी स्क्रिनको समेत व्यवस्था गरिएको छ।