चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी संयुक्त राष्ट्रसंघको निमन्त्रणामा केन्या प्रस्थान

चन्द्रागिरि ।

संयुक्त राष्ट्रसंघ को (UN-HABITAT) को निमन्त्रणामा नगर प्रमुख घनश्याम गिरी केन्याको राजधानी नैरोबीमा संचालन हुने ४ दिने सम्मेलनमा सहभागी हुन नैरोबी प्रस्थान गर्नु भएको छ।

कोभिडको महामारीको समयमा कोभिडको नियन्त्रण र रोकथाममा चन्द्रागिरि नगरपालिकाले प्रदर्शन गरेको अहम् भुमिकाको मूल्याकंन गर्दै नेपाल भरि बाट चन्द्रागिरि नगरपालिकालाई उक्त सम्मेलनमा निमन्त्रणा गरिएको हो।

उक्त सम्मेलन विशेष गरि कोभिड महामारी पछिको ब्यबस्थापनको बारेमा तालिम तथा प्रशिक्षणमा केन्द्रित रहने छ। नगर प्रमुखको सम्मेलन सहभागिताको क्रममा नगरपालिकालाई कुनै पनि आर्थिक ब्ययभार पर्ने छैन र सम्पुर्ण जिम्मेवारी संयुक्त राष्ट्र संघको रहने जनाएको छ।

नगर प्रमुखको अनुपस्थितमा कुनै पनि प्रशासनिक कार्यमा रोकावट नहोस् भनि नगर उप प्रमुख बसन्ती श्रेष्ठलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी तोकिएको छ। नगर प्रमुख २०८०/०२/२७ गते शनिबार स्वदेश फिर्ती हुने र लगत्तै कार्यालय सम्हाल्नु हुनेछ।