चन्द्रागिरिमा उत्साहजनक सहभागितामा हाईकिङ कार्यक्रम सम्पन्न

चन्द्रागिरि।

चन्द्रागिरिमा आयोजना गरिएको हाईकिङ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । स्वास्थका लागि हिडौ भन्ने नाराका साथ चन्द्रागिरि हाईकिङ समुहको आयोजना तथा चन्द्रागिरि नगरपालिका वडा नं ४ को सहकार्यमा भएको
उतm कार्यक्रममा ६७५ जनाको सहभागिता रहेको चन्द्रागिरि हाईकीङ समुहका सदस्य राहुल गोपालीले बतााए । राणकालिन समयमा मोटरबाटो नभएको अबस्थामा मानिसहरुद्धारा गाडी बोकेर ल्याउने गरिएको बाटोको करिब आधारुट पदयात्रामा प्रयोग गरी पदयात्रा तय गरिएको थियो भने आधारुट केबुलकारमुनिको पदमार्ग प्रयोग गरिएको थियो ।

पदयात्रीलाई हौसला प्रदान गर्न चन्द्रगिरी नगरपालिका उपप्रमुख बसन्ती श्रेष्ठ,चन्द्रगिरी नगरपालिका १५ का वडाअध्यक्ष घनश्याम लुईटेल लगायत अतिथीहरु मयलचौर पुगेका थिए भने नगर प्रवतmा तथा च.न.पा ४ का वडाअध्यक्ष कार्यक्रम अवधिभर सहभागीहरु सँगै रहेर व्यबस्थापनमा लागिपरेका थिए ।

यो पदयात्रा कार्यक्रमले ईतिहाससँग साक्षात्कार गर्न र पर्यटन प्रबद्र्धनलाई थप टेवा दिन सहयोग पुगेको च.न.पा वडा नं ४ का वडाअध्यक्ष एवं नगरप्रवतmा कृष्ण प्रसाद खड्गिले बताए ।
थानकोट साझाघरबाट सुरुभएको हाईकिङ महालक्ष्मीस्थान कोतघर,पिम्फलीचौर,गोदाम,पाघिाट,मयलचौर,राम्चे,देउराली,भालेस्वर मन्दिर दर्शन गरी केबुलकार मुनिपटिको पदमार्ग हुदै टेकापुरन चौरमा आएर समापान नगरिएको थियो ।

सहभागिहरुलाई  स्थानिय बाजा खःल हरुले स्वागत गरेका थिए महिला बालबालिका,युवायुवती, बृद्ध, बृद्धा लगातए सबै उमेरसमुहका ब्यतmीहरुको उपस्थितीले पदयात्रालाई थप रौनक बनाएको थियो ।

पदयात्राका क्रममा हुने कठिनाईलाई सहयोग गर्न नेपालीसेना बृजिङमहाशाखा को टोलि ,प्रहरी वृत थानकोट र आयोजक टिमका स्वयसेवकहरु स्थलगत रुपमा खटिएका थिए भने केही ब्यतmीलाई यात्राका क्रममा कठीनाइ भएपछि एमबुलेन्समार्फत अस्पताल लैजानुपरेको आयोजक टिमका सदस्य सलिम श्रेष्ठले बताए ।

पछिल्लो समय पदयात्रागर्ने क्रमले तिब्रता पाएको छ बिषेसगरी विदाका दिनहरुमा उपत्यका आसपासका डाँडाहरुतिर हाईकिङ ग्रुपहरु प्रशस्तै देखिनेगरेका छन् । हिड्नु स्वस्थका लागि अत्यन्तै लाभदायक रहेको बैज्ञानिक पुष्टीरहेको छ ।