ऐतिहासिक धारा उद्घाटन चन्द्रागिरि नगरपालिका वडा नं ६

 

काठमान्डौ चन्द्रागिरि नगरपालिका –६  स्थित चन्दनभरातेस्वर मन्दिर को अगाडी  निर्माण गरिएको ऐतिहासिक धारा उद्घाटन भएको छ ।

चन्दन भराटेश्वर सम्रक्षन् उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रममा समाज सेवी तथा कार्यक्रमका प्रमुख अतिथि दाता श्री दिल बहादुर थापा र चन्द्रागिरि नगरपालिका का उपप्रमुख श्री बसन्ती श्रेष्ठ लगायत सम्पूर्ण वडा नं ६ का जनप्रतिनिधि रिबन काट्दै धारा खोलेर उद्घाटन गरेका थिए ।

कार्यक्रम संचालन समिति का सचिब श्री इन्द्र महर्जन ज्यु ले गर्नु भयको थियो , बिगत लामो समय देखि रहेको धारा लाइ परम्परागत ऐतिहासिक रुपमा परिवर्तन गरिएको जानकारी गराए  |

समाज सेवी तथा कार्यक्रमका प्रमुख अतिथि दाता श्री दिल बहादुर थापा बाट रु ७ लाख रुपैयाँ, सहयोग गर्नु भएको थियो भने स्थानीय उपभोक्ता तथा स्थानीय सरकार को सहयोग बाट निर्माणको लागि रकम सङ्कलन भएको थियो ।

चन्दनभराटेश्वर सम्रक्षन् उपभोक्ता समितिका अध्यक्ष देबेन्द्र खत्री ज्यु को अध्यक्षतामा भएको कार्यक्रममा बिशेष अतिथि चन्द्रागिरि नगरपालिका का उपप्रमुख श्री बसन्ती श्रेष्ठ, वडा नं ६ का जनप्रतिनिधि ज्यु हरु  र प्रमुख अतिथि तथा दाता दिल बहादुर थापा मन्तव्य दिएका थिए ।