चन्द्रागिरी नगर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण भक्त श्रेष्ठ चयन

काठमाडौँ । चन्द्रागिरी नगर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण भक्त श्रेष्ठ चयन भएका छन् ।

संघकाे दोस्रो अधिवेशन एवम् चौँथो वार्षिक साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनले ३१ सदस्यीय कार्य समिति चयन गरेकाे छ । जसमा राजेन्द्र विक्रम बाँनिया निवर्तमान अध्यक्ष, उपाध्यक्षमा सुनील रिजाल र विष्णु शाही रहेका छन् भने महासचिवमा घनश्याम लुइँटेल चयन भएका छन् ।

त्यस्तै, सचिवमा रमेश कार्की, गितादेवी भुसाल, कोषाध्यक्षमा राम थापा र सह-कोषाध्यक्षमा अनिल कुमार बराल रहेको जनाइएको छ ।

चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतित्थ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख गिरीले नगरपालिका भित्रका उद्योग व्यवसायहरूकाे विकास विस्तारसँगै नीजि क्षेत्रको प्रवर्द्धनको लागि नगरपालिकाको साथ सहयोग र सद्भाव सदैव रहने बताए ।उनले उद्योग धन्दा कलकारखानाकाे विकासलेनै समृद्ध चन्द्रागिरिकाे रूपमा विकास गर्न फलदायी हुने विश्वास व्यक्त गरे ।

चन्द्रागिरी नगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेन्द्र विक्रम बानियाँले चन्द्रागिरिमा उद्योग र राेजगार सृजना गर्न अाम व्यवसायीहरूलाई लगानी गर्न सक्ने वातावरण तयार पार्दै देशकै नमुना नगर उद्योग हव बनाउनु पर्ने बताएका थिए ।