
पहिरोका कारण अवरुद्ध भएको नागढुंगा-नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
काठमाण्डौसँगको मुख्य नाका भएकाले अहिले त्यहाँ लामो जाम छ । यो नाका भएर हरेक दिन सयौँ गाडी काठमाण्डौ भित्रने बाहिरिने गर्छर्न् ।