
नैकाप गोल्डकपको पाचौ संस्करण आयोजना हुने भएको छ ।
चन्द्रागिरि स्पोर्ट्स क्लब द्वारा नैकाप फुटबल मैदानमा आयोजना हुने प्रतियोगिता यहि मिति २०७९ साल असोज १० गते घटस्थापनाका दिन उद्घाटन भई कार्तिक ०५ गते शनिवार समापन हुनेछ । स्थानिय टोलीहरू बिच हुने नेपालकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगितामा प्रथम ३२ टोलीको मात्र सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद रू पॅाच लाख र उपबिजेताले नगद रू दुई लाख पचास हजार सहित ट्रफि हात पार्नेछन भने दुई सेमिफाईनलिष्ट टोलीले जनही ५०/५० हजार हात पार्नेछ ।
त्यस्तै व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडी,डिफेन्डर,गोलरक्षक,प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० हात पार्नेछन ।
त्यस्तै यसै वर्षबाट आयोजकले चन्द्रागिरि स्पोर्ट्स अवार्डको पनि सुरूवाट गरेको छ जसमा चन्द्रागिरि नगरपालिका भित्रबाट विभिन्न खेलकुद मध्यबाट छानेर सर्वाधिक सफल खेलाडीलाई यस सम्मान प्रदान गर्नेछ ।
विशेष कोरोनाको महामारीका कारण गत दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन ।