शनिबार दिनभर चन्द्रागिरि नगरपालिकाको नैकापमा विद्युत अवरूद्ध हुने

नेपाल विद्युत प्राधिकरणले शनिबार चन्द्रागिरिको नैकाप क्षेत्रमा विद्युत अवरूद्ध हुने जनाएको छ ।

बलम्बु सब उपवितरण केन्द्रको थानकोट फिडरमा स्युचटार सवस्टेसनमा प्यानल परिबर्तन साथै सोही समएमा नैकाप एरीयामा conductor upgrading कार्यको लागि १० बजे देखी ४  बजे  सम्म उक्त फिडर सटडाउनमा राखी कार्य हुने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु लगायतका सम्पूर्ण क्षेत्रहरुमा विद्युत अवरूद्ध हुने जनाएको छ ।

कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत विद्युत प्राधिकरणले जानकारी  गराएको छ ।