नो एम.सि.सि. भन्दै राष्ट्रवादी केन्द्रले चन्द्रागिरिमा प्रर्दशन

रोशन दानी १५ साउन काठमाडौं । राष्ट्रवादी केन्द्र नेपाल चन्द्रागिरि नगर कमिटले शुक्रवार दिउँसो चन्द्रागिरिको गुर्जुधारा चोकमा

राष्ट्रघाती एम.सि.सि विरुद्ध प्रर्दशन गरेकाे छ ।

राष्ट्रघाती एमसिसि परियोजना चाहिँदैन अमेरिकन सेना ल्यान पाईदैन , राष्ट्रघाती सन्धी सम्झौता खारेज गर, सरकार राष्«िटय स्वाधीनताको रक्षा गर भने प्लेय काड सहित को बिरोध कार्यक्रम सम्पन्न गरेको हाे ।

कार्यक्रममा सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसिसी) पारित गर्ने योजना बनाइरहेका बेला जनस्तरबाटै यसको विरोध भएको छ ।

राष्ट्रवादी श्रमिक संगठनका केन्द्रिय अध्यक्ष किरण देउवाल परियोजनामा ठूलो राशि अनुदान आउने भनिए पनि त्यो देखावटी भएको दाबी गरे । उनले भने, ‘यो सरासर राष्ट्रघात हो । अनुदान देखावटीमात्र हो ।’ कसैसँग मागेर देशको समृद्धि नहुने औंल्याउँदै उनले सम्झौता भएको लामो समयसम्म यो विषय गुपचूप राखिनुले ठूलो आशंका जन्माएको बताए । देउवाले भने, ‘सम्झौता भएपछि किन गोप्य राखियो ? अरु परियोजनालाई संसदको अनुमोदन नचाहिने एमसिसीलाई चाहिने किन ?’ उनले नेपालको तत्कालिन समस्या एमसिसिलाई पारित गर्न नदिनुनै उत्तम विकल्प रहेको उनको भनाई छ ।

कार्यक्रममा राष्ट्रवादी केन्द्र नेपाल चन्द्रागिरिका सल्लाहाकार बालकृष्ण आर्चायले एउटा ठूलो तप्काले कमिसनको चक्करमा देश वर्वाद बनाइरहेको आरोप लगाए । प्रोजेक्टको बौद्धिक सम्पत्ति अमेरिकाको हुने, केही पूर्वाधार बनाउनु भरे भारतको स्वीकृति लिनुपर्ने जस्ता प्रावधानले देशलाई साम्राज्यवादको गुलाम बनाउने उनको भनाइ छ ।

विरोध कार्यक्रमा शशि प्रसाद नेपालले कुनै पनि पक्षमा जनताले वहिस्कार गर्नु पर्ने र यो परियोजनाले नेपाललाई कुनै पनि हालतमा फाईैदा नपुग्ने जिकिर गरे ।

 

चन्द्रागिरिका वुद्धिजिवि उत्तम सेडाई विश्ववादको भावनामा सवै दल दलदलमा फस्दै गएको भन्दै,‘असंलग्न परराष्ट्र नीति अंगालेको देश अमेरिकी शैन्य परियोजना आइपिएसमा कसरी आवद्ध हुन मिल्छ ? संविधानसँग बाझिएका प्रावधान एमसिसीकै अनुसार हुने व्यवस्थाको अर्थ के हो ?’ उनले यो सरकारले एमसिसी पारित गरे सत्तामा गएपछि सकिएका भारतीय कम्युनिस्टकै हालतमा पुग्ने उनले चेतावनी दिए ।

कार्यक्रमा बोल्दै सल्हाकार भक्त गोपालीले एमसिसीलाई राष्ट्रघाती परियोजनाको संज्ञा दिए । उनले आफ्नै बजेट ५० प्रतिशत खर्च गर्ने नसक्नेले पैसाकै लागि देशको सम्प्रभुतामाथि सम्झौता गर्न खोज्नु अनौठो भएको औंल्याए । उनले भने, ‘नेपालको समस्या पैसा होइन, भिजन हो । हामीलाई रुपैयाँ चाहिए रुपैयाँ, लाख चाहिए लाख, अर्ब चाहिए अर्ब जनताले दिन्छन् । इतिहासले यो पुष्टि गरिसकेको छ ।’

चन्द्रागिरिका सहजकर्ता गोविन्द विष्टले एमसिसीका घातक प्रावधान नहटाएसम्म अभियाना जारी रहने बताए । विष्टले एमसिसीका प्रावधानहरुबारे प्रकाश पार्दै यथास्थितिमा यो पारित भए देश वर्वादीको दिशामा जाने औंल्याए ।

कार्यक्रममा कंलकी क्षेत्रका सहजर्कता त्रिरत्न शाक्य चन्द्रागिरि राष्ट्रपादी केन्द्रका नगर प्रमुख मोहन केसी,तारा अर्याल,शिसिर भट्टको लगायत स्थानियहरुको समेत सहभागीता रहेको थियो ।