चन्द्रागिरि नगरमा खुला रुपमा घर वरपर, सडकमा प्लाष्टिकजन्य फोहोर, कसिंगर बालि आगो ताप्ने तथा जलाउने र कुकुरको दिसा पिसाब बाटोमा गराउने कार्य निषेध गरिएको सूचना

चन्द्रागिरि नगरपालिकाले खुला रुपमा घर वरपर, सडकमा प्लाष्टिकजन्य फोहोर, कसिंगर बालि आगो ताप्ने तथा जलाउने र कुकुरको दिसा पिसाब बाटोमा गराउने कार्य निषेध गरिएको सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा.को वातावरण तथा विपद् व्यवस्थापन शाखा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिका क्षेत्रमा खुला रुपमा घरवरपर,पसल,होटल,कारखाना, सडक किनारमा प्लाष्टिकजन्य फोहोर, पातपतिङगर, कसिङगर बाली आगो ताप्ने तथा फोहोर जलाउने र कुकुरको दिसा पिसाव बाटोमा गराउने जस्ता कार्यहरुले प्रदुषण बृद्धि हुनुको साथै जनस्वास्थ्यमा समेत प्रर्तिकूल असर परी दीर्घकालिन एवं जटिल रोग उत्पन्न हुने हुँदा यस्ता किसिमका कार्य नगर्नु नगराउनु हुन जानकारी गरिएको छ ।

साथै यस्ता किसिमका कार्यहरु कसैले कहीँकतै गरेको पाइएमा चन्द्रागिरि नगरपालिकाको फोहोरमैला सम्वन्धी ऐन २०७५ को दफा २५ को खण्ड (६) बमोजिम नगरपालिकाले ५ हजारदेखि १५ हजारसम्म जरिवाना हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको उल्लेख छ ।