चन्द्रागिरि नगरपालिकाको प्रत्येक वडामा घरदैलो नर्सिङ सेवा शुरु हुँदै

चन्द्रागिरि नगरपालिकाको प्रत्येक वडामा घरदैलो नर्सिङ सेवा शुरु हुने भएको छ।

चन्द्रागिरि नगरपालिकाको सभा हलमा नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा चन्द्रागिरि नगरपालिकाका प्रतिनिधि तथा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका प्रतिनिधि बीच बैठक सम्पन्न भएको हो।

उक्त बैठक पश्चात् चन्द्रागिरि नगरपालिका र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका बीच सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ कार्यक्रम संचालन गर्ने बारे सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ।

नगर प्रमुखले अबको एक महिना भित्रमा नै नर्सहरुको ब्यवस्थापन गर्ने कार्य सम्पन्न गरि नगरको १५ नै वडामा घरदैलो नर्सिङ सेवा सुरु हुने र नगरबासीले घरमै बसि स्वास्थ्य सेवा लिन सकिने कुरा जानकारी गराउनु भयो।

  1. आजको बैठकमा नगर उप प्रमुख, प्रशासन प्रमुख, सामाजिक समितिको संयोजक र स्वास्थ्य शाखाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।