चन्द्रागिरि नगरपालिकाबाट अनलाईन कर भुक्तानी प्रणाली लागु

चन्द्रागिरि नगरपालिका कार्यालयको कर संकलन प्रणालीलाई सहज बनाउने उद्धेश्यले घर घरबाटै सम्पति कर, मालपोत कर, व्यवसाय कर, घर जग्गा बहाल कर डिजिटल वालेटको माध्यमबाट तिर्न सकिने अनलाईन कर भुक्तानी प्रणालीको शुभारम्भ भएको छ |

उक्त कार्यक्रममा नगर प्रमुख घन श्याम गिरि, नगर उप प्रमुख तथा राजश्व परामर्श समितिका संयोजक बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, वडा अध्यक्षहरु, राजश्व परामर्श समितिका पदाधिकारीहरु, वडा तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो |

बिभिन्न डिजिटल वालेटहरु(Connect IPS, Khalti, Prabhu Pay, IME Pay, E-Sewa etc) बाट कर तिर्न सकिने हुँदा करदाता आफैले घरमै बसी कर तिर्न सकिने हुँदा जनशक्तिमा लाग्ने खर्च बचत, लाईन बसीरहन नपर्ने, समयको बचत, छिटो, छरितो, विश्वनीय, नगद बोकेर हिड्नु नपर्ने, हिसाब किताव राख्न सजिलो हुने विश्वास लिएको छ |

अनलाईन कर भुक्तानी प्रणाली https://tax-chandragiri.softechnp.com/login मा रजिस्टर गर्दा आफ्नो करदाता संकेंत नं राख्दा नभेटीएमा फोन नं र ईमेल सहि नभएको मान्नुपर्नेछ र सच्चाउनको लागि https://tax-chandragiri.softechnp.com/app…/confirmtaxpayer मा गई आधिकारिक ईमेल र फोन नं. Update गर्नु पर्ने हुन्छ, तत्पश्चात रजिस्टर गरि करदाता संकेत नं राखी आएको OTP Verification गरि युजरनेम र पासवर्ड तयार गरि Login गर्न सकिनेछ | Login गर्दा OTP आएको कोड नै प्रारम्भिक Password हुनेछ र आफ्नो Password परिवर्तन गरे पश्चात Login गर्न सकिनेछ, र कुन माध्यमबाट कर तिर्ने हो सोहिअनुसार कर तिर्न सकिनेछ |

साथै Digital Wallets हरुको Application बाट Chandragiri Municipality को लिंक भित्र गई सोझै करदाता संकेत नं हानी कर तिर्न समेत सकिनेछ |

Online tax payment system implemented by Chandragiri municipality