चन्द्रागिरि–११ स्थित बल्खु पुल नजिकै ड्यूटी सकेर फर्किँदा प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु

चन्द्रागिरि नगरपालिका–११ स्थित सिप्रदी बल्खु पुल नजिकै प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएको छ । ड्यूटी सकेर कोठामा फर्किँदै गर्दा प्रहरीको भ्यानबाट खसेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो।

गएराती सवा ११ बजेको समयमा प्रहरीको बा १ झ ७४१८ नम्बरको भ्यानबाट खसेर गम्भीर घाइते भएका प्रहरी प्रभाग बलम्बुमा कार्यरत सहायक हवल्दार हेमराज एलजीको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो ।

पुलनजिकै उनी भ्यानको पछाडिबाट खसेर गम्भीर घाइते भएका थिए भने एपीएफ अस्पताल बलम्बु लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।

ड्युटी सकेर फर्किने क्रममा पुलनजिकै उनी भ्यानबाट खसेको प्रहरी परिसर काठमाडौंले जनाएको हो। ३५ वर्षीय सहायक हवल्दार एलजी सुर्खेत गुर्भाकोट नगरपालिका-१२ सुवाकोट घर भई प्रहरी प्रभाग बलम्बुमा कार्यरत थिए।

प्रहरीले एलजीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ भने भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।