कतार च्यारिटीले चन्द्रागिरि नगरपालिका संग विभिन्न क्षेत्रमा सहकार्य गर्ने

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीज्युको अध्यक्षतामा कतार च्यारिटीको टोलीसंग नगरपालिकाको कार्यालयमा बैठक सम्पन्न भएको छ।

बैठकमा नगर उप प्रमुख बसन्ती श्रेष्ठज्यु, नगर प्रबक्ता कृष्ण प्रसाद खड्गीज्यु, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालज्यु, विभिन्न बिषयगत् समितिका संयोजकज्युहरु, वातावरण तथा बिपत् शाखा प्रमुखज्युका साथै कतार च्यारिटीको नेपाल योजना प्रमुख इर्शाद अलि शेखज्युका साथै कतार च्यारिटीका अन्य प्रतिनिधिज्युहरुको उपस्थिति रहेको थियो।

बैठकमा कतार च्यारिटीको टोलीले कतारी सरकार संग समन्वय गरि चन्द्रागिरि नगरपालिकामा प्राविधिक शिक्षालय निर्माण, फोहोर मैला ब्यबस्थापन र पर्यटन क्षेत्रमा सहयोग गर्ने कुरा जानकारी गरायो। यस्तै गरि कतार च्यारिटीका योजना प्रमुखज्युले चन्द्रागिरि नगरपालिकामा सार्वजनिक शौचालय निर्माण गर्ने, व्हील चेयर लगायतका सामाग्री प्रदान गर्ने, विभिन्न वडामा आँखा जाँच शिविर तथा शल्यक्रियाको ब्यबस्थापन गर्ने र स्थानीय बिक्री केन्द्रको लागि भवन निर्माण गर्ने सम्बन्धि पनि प्रतिबद्धता व्यक्त गर्नु भयो।