पूर्णपुष्टि, माघ ४ गते । फ्रान्स पठाइदिन्छु भनी रकम ठगी गर्ने ४६ वर्षीय तेजेन्द्र महतलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १९ लाख रकम ठगी गरेको आरोपमा उनलाई सतुङ्गलबाट प्रक्राउ गरेको हो ।
उनीमाथि राजेन्द्र रानामगरसहित ३ जनासँग प्रतिव्यक्ति १० लाख रुपैयाँ भन्दै पटक पटक गरेर १९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ । उनको घर तनहुँ शुक्लागण्डकी नगरपालिका–८ भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका –५ सतुङगलमा बस्दै आएका थिए । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।
Leave a Reply
You must be logged in to post a comment.