
चन्द्रागिरि।
चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि करातेको अन्तिम खेलाडी छनोट सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँका सोनिम मानन्धर १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि छनौट हुन सफल भएका हो ।
नेपाल कराते महासंघले आयोजना गरेको अन्तिम छनोट प्रतियोगिताबाट पुरुष/महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भएको हो।
छनोट प्रतियोगिताबाट पुरुषको ६० केजीमुनि सन्तोष श्रेष्ठ, ६७ केजीमुनि मोहम्मद शेख आलाम, ८४ केजीमाथि विप्लव श्रेष्ठ र एकल कातामा स्वर्णिम मानन्धर छनोट भएको हो ।
महिलाको ६७ केजीमाथि आरिका गुरुङ, ६१ केजीमुनि निरुपा तामाङ, ५५ केजीमुनि सविना श्रेष्ठ र एकल कातामा एलिशा रास्कोटी छानिनुभयो । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।