थानकोट जेसिज २०२३ काे अध्यक्षमा एलिना

काठमाडौं । थानकोट जेसिजले २०२३ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।

थानकोट जेसिजको २३ औं शाखा अधिवेशन तथा सधारण सभाले एलिना महर्जनकाे अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो ।

२०२२ मा थानकोट जेसिजकाे अध्यक्षमा राेशन दानीकाे कार्यकाल उत्कृष्ट तवरले सकिएकाे छ ।

सभाबाट थानकोट जेसिज बर्ष २०२३ महासचिवमा सावन महर्जन ,काेषाध्यक्षमा सुजन महर्जन र कानुनी सल्लाहकारमा रिकेश महर्जनलाई मनोनित गरिएको थानकोट जेसिजका पुर्व अध्यक्ष तथा निर्वाचन अधिकृत माेहन लाल डाँगीले बताए ।

त्यस्तै कार्यकारी उपाध्यक्षमा भुवन गिरी , राहुल गाेपाली चुनिएका छन् ।

निर्वाचनले उपाध्यक्षमा मन्दिरा थापा , दिपेश सुदाकार ,विवेक महर्जन सागर केसी र निर्वतमान अध्यक्ष राेशन दानीलाई चयन गरेको छ ।

कार्यक्रम थानकोट जेसिज २०१८ का अध्यक्ष तथा नेपाल जेसिजका २०१९ का राष्ट्रिय उपाध्यक्ष मोहन लाल डाँगीले निर्वाचित प्रदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै युवाहरुको उर्जावान समय राष्ट्रको हितमा लगाउनु पर्ने बताए ।

नेपाल जेसिजकाे राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमाकुमारी प्याकुरेले देशको विकास रुपान्तरणमा जेसिज अभियानले पुर्याएको योग्दानको बारेमा चर्चा गर्दै युवाहरुको नेतृत्वदायी भूमिकामा थानकोट जेसिजको भूमिका अतुलनीय रहने बताईन् ।