चन्द्रागिरिमा युवकको शव भेटियो

चन्द्रागिरिमा एक युवकको शव बिहीबार फेला परेको छ । चन्द्रागिरि नगरपालिका ४ नम्बर वडास्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको हो ।

लामाको मृत्यु के कारणले भयो, त्यसबारेमा भने हालसम्म केही खुलेको छैन् । प्रारम्भिक अनुसन्धानको क्रममा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।