accident

तिनथानामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

चन्द्रागिरि वडा नं. १५ तिनथानामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

अम्बे पेट्रोल पम्प नजिक आइतबार राति १०:३० बजे  बा ५ ख २१९२ नम्बरको ट्रिपरले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखा घर भइ हाल चन्द्रागिरि वडा नं. १५ नैकाप बस्ने ३२ वर्षीय मान बहादुर गुरुङ रहेका छन् ।

प्रहरी अनुसार पैदल यात्रीको दुर्घटना स्थलमै मृत्यु भएको बाताए ।

दुर्घटनामा संलग्न ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जानकारी गराए।