
काठमाण्डौ ,असोज १२। चन्द्रागिरि नगरपालिकामा १८ बर्ष माथि उमेर समुहका सबै नागरिकहरुलाई आज असोज १२ गते देखि भोलि सम्म कोरोना खोप लगाइने भएको छ। नगरपालिकाले सुचना प्रकासित गर्दै असोज १२ गते देखि १३ गते सम्म भेरोसेल खोपको पहिलो मात्राको खोप लगाइने जानकारी दिएको छ।
चन्द्रागिरि नगरपालिकामा १५ वटा वडा को स्वास्थ्य चोकी बाटै खोप लगाइनेछ भने खोप केन्द्रमा १० बजे देखि ४ बजे सम्म लगाइने छ।