चन्द्रागिरि नगरपालिका वडा न ४ स्तिथ सेते पहरामा डोजर दुर्घटना

चन्द्रागिरि नगरपालिकामा डोजर दुर्घटना हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ।



jibss

बिहीबार बिहान पौने १० बजे मकवानपुरबाट गणेशमान सिंह लोकमार्ग हुँदै थानकोटतर्फ आउँदै गरेको ना१क ७२९३ नम्बरको डोजर चन्द्रागिरि नगरपालिका–४ सेते पहरामा दुर्घटना भएको थियो।

प्रोगेसिभ कन्सट्रक्सन प्रालिको डोजर सडकबाट २५० मिटर तल खसेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

दुर्घटनामा मकवानपुर थाहा नगरपालिका ०४का ३३ वर्षीय चालक पूर्णध्वज केसी र सहयोगी २७ वर्षीय अनिल दिसुवा घाइते भएका थिए।

उनीहरूको तत्काल उद्दार गरी उपचारको लागि नेशनल ट्रमा सेन्टर अस्पताल लगिएको थियो। चालक केसीको उपचारको क्रममा बिहीबार राति पौने १२ बजे मृत्यु भएको वृत्तले जनाएको छ। साथै सहयोगी दिसुवाको अवस्था भने सामान्य छ।प्रहरीले यस घटनाको अनुसन्धान थालेको छ।