स्रोत नखुलेको १५ लाख १६ हजार नगदसहित बलम्बुका जनकराज हमालसहित दुई जना पक्राउ

मलंगवा नगरपालिका-८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको १५ लाख १६ हजार रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–६ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत छन्। उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

नेपालबाट भारततर्फ जाँदै गरेको बा.९८ प ७१५८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरिएको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।