सतुंगलमा एनआईसी एसिया बैङ्कको एटिएम फोड्दै गर्दा एक जना पक्राउ

काठमाडौँ । काठमाडौँमा एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका ११ सतुगंलस्थित एनआईसी एसिया बैङ्कको एटिएम फोड्दै गरेको अवस्थामा २८ वर्षीय प्रकाश मगर पक्राउ परेका हुन्।

चन्द्रागिरि नगरपालिका ७ चेकपोस्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका मगरलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो।

स्क्रोले उक्त बैङ्कको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।