चन्द्रागिरि-११ बाट ६ जना जुवाडे पक्राउ

चन्द्रागिरि नगरपालिकामा कोल्ड स्टोर भित्र तास खेलिरहेका ६ जना पक्राउ परेका छन। चन्द्रागिरि नगरपालिका-११ बिष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा कोल्डस्टोरका सञ्चालक सोही ठाउँ बस्ने स्याङ्जा बिरुवा गाउँपालिका घर भएकी ४२ वर्षीया आरती लम्साल लगायत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त कोल्डस्टोरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ हजार २ सय ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।