चन्द्रागिरिकामा एकै दिन कोरोना संक्रमितबाट पाँच जनाको मृत्यु, मृत्युको संख्या ५३ पुग्यो

जेष्ठ १३ , २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा एकै दिन कोरोना संक्रमित बाट पाँच जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार पाँच जना को मृत्यु भएको हो। मृत्यु हुनेमा च.न.पा ३ बस्ने ५० बर्ष उमेर पुरष, च.न.पा १२ बस्ने ८९ बर्ष उमेर महिला, च.न.पा १२ बस्ने ५० बर्ष उमेर पुरष, च.न.पा १४ बस्ने ३९ बर्ष उमेर महिला र च.न.पा १० बस्ने ७६ बर्ष उमेर महिला रहेको चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राममणी घिमिरेले बताउनु भएको हो।



jibss

उनले मृत्यु हुनेमा च.न.पा १० कि ७६ महिला बाहेक अरु ४ जनानै दीर्घ रोग नभएको बताए। साथै होम आइसोलेशनमा मृत्यु हुनेमा च.न.पा १२ का ५० पुरष बाहेक अरु ४ जनानै अस्पतालमा मृत्यु भएको बताए।

यसै चन्द्रागिरि नगरपालिका मा मृत्युको संख्या ५३ पुगेको छ।