नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या ९७४ पुग्यो

काठमाडौं । नेपालमा आज (आईतवार) एकैपटक थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले नेपालमा आज एकैपटक थप ४२५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना भइरसको महामारीका कारण अहिलेसम्म १८ जनाको मृत्यु भईसकेको छ भने ९७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

आज मात्रै नेपालमा थप ६१ जना संक्रमित कोरोना विरुद्धको लडाई जितेर घर फर्किएका छन् ।