बरिष्ठ डाक्टर उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। उपचारको क्रममा देवकोटाको निधन भएको हो ।

डा. देवकोटा पित्त नलीको क्यान्सरबाट पीडित थिए । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका देवकोटाको सोमबार साँझ साढे ५ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

करिब ७/८ महिना बेलायतमा उपचार गराउँदा पनि देवकोटाको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । स्वास्थ्यमा सुधार नआएपछि बैशाखमा उनलाई नेपाल ल्याइएको थियो ।

नेपालमा न्यूरो उपचारमा डा. देवकोटाको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।