सतुंगल स्पार्क हेल्थ रिसोर्टले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने

चन्द्रागिरि नगरपालिका वडा नं. १० स्थित सतुंगल स्पार्क हेल्थ रिसोर्ट, धौलागिरी आवासमा प्यारालाइसिस, हाद जोर्नी तथा नशा सम्बन्धित रोगहरुको विभिन्न फिजियो थेरापीका माध्यमबाट स्वास्थ्य सेवामा योगदान गर्ने उद्देश्यले स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट प्रा.लि.ले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

चन्द्रागिरि नगरपालिका वडा नं. १० स्थित धौलागिरीको हेल्थ रिसोर्टमा मेरुदण्ड भाचिएका, गर्धन तथा कम्मरको नशा च्यापिएको, पक्षघात, मस्तिष्क पक्षघात, पार्किन्सन रोग, बाथ रोगको विशेष उपचार हुदै आएको छ। विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्श, दुःखाई निर्मूल उपचार, हाडजोर्नी, नशा लगायतको उपचार संचालनमा आइरहेको जनाइएको छ।

यसै माघ १४ गते शनिबार १ दिने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुने जनाइएको छ।