चन्द्रागिरिमा आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै, सबै वडाको स्वास्थ्य चोकीहरुमा खोप केन्द्र

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा आज (शुक्रबार)देखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ ।



चन्द्रागिरि नगरपालिकाका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरुलाई र  ४० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको हो ।

आज (शुक्रबार) भोलि (शनिबार)  विहान १० बजेदेखि ५ बजेसम्म चन्द्रागिरि नगरपालिकाका वडाको स्वास्थ्य चोकीहरुमा   खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

साथै सशस्त्र प्रहरी अस्पताल–बलम्बु, थानकोट प्राथमिकता अस्पताल बाट पनि खोप लगाउन पाउने छन् ।