क) नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि
२. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
३. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट)
५. पास गरिने नक्शाको फोटोकपी वा ब्लुप्रिन्ट (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित)
६. डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)
७. मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा अध्क्षयको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल
८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल)
९. जग्गा कुनै निकायम धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र
१०. नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र
११. वारेश राखि नक्शा पास गर्ने भए वारिसको पप्रमाणितको प्रतिलिपि
ख) तल्ला थप/ संसोधन गर्न आवश्यक कागजातहरु
१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी
२. चालु आर्थिक बर्षसम्मको घर जग्गा कर तिरेको रसिदको प्रतिलिपि
३. अरु कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ /
ग) भवन निर्माण सम्पन्नको लागि अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी
२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि
३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
५. निर्माण भएको भवनको चारै तिर बाट खिचेको फोटो
६. निबेदन
७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति
८. रेकड फाईल
घ) नक्शा नामसारीको लागि अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको सक्कलै र फोटोकपी
२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि
३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
५. लिखत राजीनामाको फोटोकपी
६. निबेदन
७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति
८. रेकड फाईल
Leave a Reply
You must be logged in to post a comment.