चन्द्रागिरि नगरपालिका मेयर घनाश्याम गिरी भारत प्रस्थान

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी भारत सरकारको निमन्त्रणामा आज भारत प्रस्थान गर्नुभएको छ ।

भारतको हैदराबाद (तेलङ्गना) र भुवनेश्वर (उडिसा) मा संचालन गर्ने सात दिने सम्मेलनमा भाग लिन मेयर गिरी भारत प्रस्थान गर्ने भएको हो ।

जनप्रतिनिधिहरुको क्षमता बिकास गर्ने उद्देश्यले Administrative Staff College of India को सहकार्यमा चन्द्रागिरि नगरका प्रमुख गिरी सहित २० वटा पालिकाका प्रमुख सहभागिता रहेका छन् ।

नेपाल नगरपालिका संघको आयोजनामा, UCLG ASPAC को सहकार्य र एन्फोको प्राविधिक सहयोगमा सातै प्रदेशका राजधानी सहरहरुमा दिसा जन्य लेदो व्यवस्थापन (Faecal Sludge Management) परियोजना संचालन भइरहेको हो ।