चन्द्रागिरि नगरपालिकामा नेपाल स्काउटको दीक्षान्त सम्पन्न

काठमाण्डौ ,साउन २७/नविना श्रेष्ठ



चन्द्रागिरि नगरपालिकामा २०७८/०४/२४ गते आइतबार सतुंगल पार्टी प्यालेनसमा स्थानीय संरक्षक, प्रमुख स्काउट तथा स्थानीय स्काउट समितिको दीक्षान्त एंव पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी प्रमुख अतिथि तथा बागमती प्रदेशका प्रदेस सभा सदस्य  दिपक निरौला विशेष अतिथि रहेको कार्यक्रममा बागमती प्रदेश तदर्थ समितिका संयोजक केश रत्न बजाचाय , बागमती प्रदेशका सदस्य शिवराम अर्याल, नेपाल स्काउटका निर्देशन राम प्रसाद भट्टराई, चन्द्रागिरि नगरपालिका नगर सदस्य बसील महर्जन लगायतको उपथिती रहेको थियो ।

सतुंगल पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा  नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख लिसा नकर्मी तथा शिक्षा शाखा प्रमुख कर्ण बहादुर भुवाजी लगायत स्थानीय कमिटीका सदस्यहरूलाइ नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले दीक्षान्त एंव सपथ ग्रहण गराएका थिए।

कार्यक्रममा शुभकामना सहित मन्तव्य राख्दै नेपाल स्काउटका निर्देशन राम प्रसाद भट्टराई, सदस्य शिव राम अर्याल, बागमती प्रदेशका संयोजक केश रत्न बजाचाय, शिक्षा शाखा प्रमुख भुवाजी, वडाअध्यक्ष लगायतले  चन्द्रागिरि नगरपालिकाका युवाहरूलाइ सहि  दिशा तर्फ लान स्काउटको ठुलो भुमिका रहेको बताएका थिए।

नगर उपप्रमुख लिला नकर्मीले नगरपालिकाबाट स्काउटका लागि थोरै भएपनि गत वर्ष देखी नै बजेट छुटाएको जानकारी दिदै  नगरपालिकामा रहेका  सामुदायिक  विद्यालयमा  स्काउट सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमका अध्यक्ष  नगरका संयोजक बसन्ती श्रेष्ठले आफू पनि स्काउटमा  चाहेर पनि केहि कारणले  जोडन नपाएको  तर अहिले स्काउट दीक्षित हुनपाउदा आफू खुसी रहेको तथा साथमा चन्द्रागिरी नगरपालिकाका युवाहरूलाइ समेत स्काउटमा अवद्ध गराउन पाउदा निकै हर्षित रहेको बताएकी थिइन् ।