बिराज महर्जन तथा वरिष्ठता गायकहरु, किसिपिडी सांस्कृतिक तथा धिमे प्रर्दशन कार्यक्रममा सम्मान हुने

804

चन्द्रागिरि, आउँदो नव वर्ष वि.सं. २०७८ पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइलाइ दिदि बाहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको शुभकामना आदान प्रदान सहित, किसिपिडीमा एतिहासिक तथा धार्मिक रुपमा मनाउदै आएको ” श्री कालिका भैरबनाथ जात्रा ” को उपलक्ष्यमा कला र सस्कृति जगेणारका लागि संघर्षरट युवाहरुको जमात किसिपिडी युथ क्लबको चौथो प्रस्तुती “किसिपिडी सांस्कृतिक तथा धिमे प्रर्दशन कार्यक्रम २०७७”  विभिन्न ख्याती प्राप्त कलाकारहरुको सम्मान तथा विविध सास्कृतिक कार्यक्रम तथा चन्द्रागिरि धिमे प्रर्दशन पाल्नु हुन सम्पूर्ण नगर बासिन्दाहरुमा उपस्थितको लागि किसिपिडी युथ क्लबको अध्यक्ष प्रविण महर्जनले हार्दिक अपिल गरेको छ।

बिराज महर्जन ,दिपक बज्राचार्य, प्रबेश मान शाक्य ,सन्जय श्रेष्ठ ,उदय श्रेष्ठ ,बबिन प्रधान,जेम्स प्रधान,कविद्र श्रेष्ठ ,धिरज राई,हरि कर्माचार्य गुल्मी गाईज, विजय गुरुङ्ग, भिम तुलाधर, सचिन रौनियार, रवि रिमाल वरिष्ठता गायक हरु तथा राष्ट्रिय खेलाडी को लागि बिशेष सम्मान कार्यक्रम रहेको आयोजक कमिटीका अध्यक्ष महर्जनले बताउनुभयो।

-फ्युजन म्युजीक
– विभिन्न कलाकारहरुको नृत्य
का प्रस्तुती रहने छ भने कार्यक्रम आउँदो २०७७ चैत्र २८ गते, शनिबार बिहान ९:०० बजे लाछी टोल, किसिपिडी, चन्द्रागिरि न.पा. ५ काठमाडौँ हुने छ।

तस्बिर : काठमाडौं पोस्ट