
२३ मंसिर, काठमाडौं । वाम गठबन्धनका नेता केशव प्रसाद पोखरेल काठमाडौं क्षेत्र नम्बर ९ ‘ख’ बाट प्रदेस सभामा निर्वाचित भएका छन् ।
केहिबेरअघि सम्पन्न मतगणनाअनुसार केशव प्रसाद पोखरेलले ३०४८ मतान्तरको जित हासिल गरेका छन् ।
वाम गठबन्धनका उम्मेदवार केशव प्रसाद पोखरेलले १२ हजार १५८ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार धर्मराज गौतमले ९ हजार ११० मत प्राप्त गरेका छन् ।