चन्द्रागिरि ।
स्थानीय तह निर्वाचनमा नगरपालिकाको विभिन्न पदमा अाफ्नो दाबेदारी दिएका कतिपयले आफूलाई पनि भोट नदिएको पाइएको छ। केहीले आफ्नो एक मत मात्र पाएका छन् ।
वैशाख ३१ मा भएको स्थानीय निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका १८ जना उम्मेदवार मध्ये २ उम्मेदवारले शुन्य र एक उम्मेदवारले अाफ्नो मात्र मत प्राप्त गरेको भेटियो । स्वतन्त्रका तर्फबाट उम्मेदवारी दिएकी नन्द कुमारी श्रेष्ठले १ मत प्राप्त गर्दा स्वतन्त्रकै तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका कृष्णहरि बस्नेत तथा माधव प्रसाद रेग्मीले आफूलाई पनि भोट नदिएको अर्थात शुन्य मत प्राप्त गरेको निर्वाचन अायोगले जनाएको छ ।
त्यस्तै विभिन्न वडाका अध्यक्षमा उम्मेदवारी दिएका उम्मेदवारहरूले पनि शुन्य मत पाएको भेटियो । वडा नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएकी कल्पना थापाले १ मत प्राप्त गरिन भने मिठु थिरी तथा सुरेशराज गिरीले अाफैँलार्इ पनि भोट हालेनन् अर्थात शुन्य भोट पाए । चन्द्रागिरि ७ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हिरा बहादुर लामाले अाफैँलार्इ भोट दिएनन् । चन्द्रागिरि ९ बाट स्वतन्त्र रूपमा वडा अध्यक्षको उम्मेदवारी दिएका राजेन्द्र मानन्धरले पनि अाफैँलार्इ भोट नदिएको भेटियो । स्वतन्त्र रूपमा चन्द्रागिरि वडा न. १३ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका गुञ्जमान महर्जनले पनि शुन्य मत प्राप्त गरे त्यस्तै चन्द्रागिरि १५ बाट स्वतन्त्र उम्मेदवारी दिएका अनन्त बहादुर भण्डारीले पनि अाफैँलार्इ भोट नदिएको निर्वाचन अायोगको निर्वाचनले जनाएको छ ।
Leave a Reply
You must be logged in to post a comment.