चन्द्रागिरि ।
काठमाडौं १० का उम्मेदवारद्वय कांग्रेसका राजेन्द्र कुमार केसी (राजन) र वाम गठबन्धनका हितमान शाक्य दुबैले आफू जित्ने दाबी गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको खेलकुदमन्त्री समेत रहेका केसीले १० नम्बरका जनताले आफूलाई रुचाएको दाबी गरे । उनले भने, कुन घर कुन दिशा फर्केको छ, दैलो कता फर्किएको, जनताहरुको के समस्या छ भन्ने कुरा मलाई सोध्नुहोस्, म यहीँ बसेर भनिदिन्छु ।’
२०७० को संविधानसभा चुनावमा माओवादी अध्यक्ष प्रचण्डलाई भारी मतान्तरले हराएका केसीले यो पटक अझ धेरै मत पाउने दाबी गरे । उनले भने, २० हजार मतलाई ४० बनाउँछु ।’
यदि बनाउन सकिन भने म आजीवन रिपोर्टर्स क्लब आउँदिन्, ऋषि धमलाजीले यो कुरा लेखेर राखे हुन्छ।’
वाम गठबन्धनका उम्मेदवार माओवादी नेता हितमान शाक्यले पनि आफ्नो जित पक्का रहेको दाबी गरे ।
आफूले जीवनमा कुनै पनि प्रतिष्पर्धा नहारेको भन्दै उनले गर्दै भने ‘जनताले मलाई भोट हाल्छन्, यो कुरामा म पूर्ण विश्वस्त छु ।’
१० नम्बर क्षेत्र वामपन्थीहरुको बर्चश्व रहेको भन्दै उनले भने, ‘०७० मा केसीले जित्नुभयो, त्यतिवेला माओवादी विभाजित भएको थियो, अहिले हामी एकताबद्ध भएका छौं, एमाले र माओवादी एक भएर अघि बढेका छौं ।’
आफू बाग्लुङमा जन्मिएको भएपनिआफ्नो थाकथलो बाग्मति नै भएको जिकिर गरे । उनले थपे, ‘जनता प्रष्ट हुनुपर्छ, म बाग्लुङमा जन्मिएको हुँ । तर, अहिले १० नम्बर क्षेत्रकै बासिन्दा हुँ, बरु केसीजी अन्तै बस्नुहुन्छ ।’
Leave a Reply
You must be logged in to post a comment.