चन्द्रागिरि नगरपालिकाको वडा नंं १२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका प्रकास श्रेष्ठको प्यानल विजयी |

चन्द्रागिरि ।
स्थानीय निर्वाचनको छैंटो दिन अाज पनि मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार चन्द्रागिरि नगरपालिका वडा नं १२ मा नेपाली कांग्रेसका प्रकास श्रेष्ठले प्यानलसहितको विजय हासिल गरेका छन् । यसअघि नगरका १३ वडाका नतिजा सार्वजनिक भइसकेका छन् जसअनुसार वडा नं. १, ५, ६, ८, ९, १०, ११ र १३ नेकपा एमाले, वडा नं. ३, ४, ७ मा नेपाली काँग्रेस तथा वडा नं. २ मा नेकपा माअोवादी केन्द्रले वडा अध्यक्षमा जित हात पारेका छन् ।

नेपाली काँग्रेसका प्रकास श्रेष्ठले कुल ११२८ मत ल्याइ वडा नं. १२ को वडाध्यक्ष पदमा विजय प्राप्त गर्दा नेकपा एमालेका लक्षमण तण्डुकारले ७७६ मत प्राप्त गरे । वडा सदस्यमा द्रौपदी अधिकारी, अस्मिता बयलकोटी, प्रदीप अधिकारी र भीमलाल महर्जन विजयी भए ।