
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय कमिटी सदस्य एवं बाग्मती प्रदेश सभा सदस्य मा. रमा आले मगरको प्रमुख आतिथ्यतामा पार्टीको प्रदेश र काठमाडौं जिल्ला कमिटी सदस्यहरुको उपस्थितमा भातृ संगठन युवा संघ नेपाल चन्द्रागिरी नगर कमिटीको हिजो सम्पन्न भएको बृहत् भेला बाट क. बिर कृष्ण महर्जनको नेतृत्वमा क. युवराज जिम्बा उपाध्यक्षमा, क. प्रबिण के.सि सचीवमा, क. बिराट बिक्रम कार्की सह-सचिवमा, क. सुजित बलामी कोषाध्यक्ष सहित ५१ अाैं सदस्य रहेको कमिटी गठन भएको छ।
भेला लाई युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष क. नितेश पौडेल, नेकपा (एकीकृत समाजवादी) काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य एवं काठमाडौं क्षेत्र नं १० का संयोजक क. बटुकृष्ण थापा, युवा संघ नेपाल काठमाडौं जिल्लाका संयोजक क. गाैरी शंकर राणाले संबोधन गरेका थिए।
वक्ताहरुले संविधान र लोकतन्त्र रक्षार्थका लागि फेरि परिवर्तनकारीहरु एकजुट हुन आवश्यक रहेको बताए। भेलाको अध्यक्षता पार्टी नगर कमिटी संयोजक तथा युवा संघ नेपालका केन्द्रिय लेखा आयोग अध्यक्ष क. भाईकृष्ण बलामीले गरेका थिए भने कार्यक्रम संचालन युवा संघ नेपालका केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं १० का इन्चार्ज क. अमिर श्रेष्ठले गरेका थिए।
You must be logged in to post a comment.