चन्द्रागिरिमा विभिन्न दल त्याग गरि नेपाली कांग्रेसमा प्रवेश

६ साउन, काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्व युवा तथा खेलकुद मन्त्री तथा माननिय सांसद राजेन्द्र कुमार के.सी(राजन)ले देशको आर्थिक सामाजिक रुपान्तरणमा युवा सहभागिता आवश्यक रहेको औलाएका छन् ।

नेपाली कांग्रेस चन्द्रागिरि नगर कार्य समिति र नेपाल तरुण दल काठमाडौं क्षेत्र नं १० को संयुक्त आयोजनामा भएको पाटी प्रवेश कार्यक्रमा बौल्दै समग्र परिर्वतनका लागि युवाहरु नेपाली काँग्रेसमा गोलबद्ध हुन आवश्यक रहेको औलाएका हुन् ।

नेता केसीले भने, ‘ नेपाली काँग्रेसको पक्षमा जित हासिल गर्न तपाईहरुको सकृयता पाटीले खोजेको छ,पाटीको सिद्धान्त आदर्शलाई अगाडी वढाउदै आम नागरिकहरुलाई कसरी शुख सुविधा दिन सकिन्छ,देशलाई कसरी समृद्ध वनाउन सकिन्छ र आमजनतालाई कसरी सेवा दिन सकिन्छ भनेर तपाईहरु सामाजिक कार्यक्रताको रुपमा वढ्नु हुनेछ भने हामीले विश्वास लिएका छौ । ’नेता केसीले विभिन्न दल त्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेकालाई स्वागत गरि पाटी प्रवेश समेत गराएका थिए ।

नेपाली काँग्रेस चन्द्रागिरि नगर सचिव राजेन्द्र विक्रम वाँनियाले चन्द्रागिरिमा नेपाली काँग्रेसमा युवाहरुको प्रवेशले सक्रारात्मक उर्जा पैदा गराएको बताए । उनले आगामी निर्वाचनमा युवा नेतृत्व देशले खोजिरहेको बताए ।

चन्द्रागिरि पाटी प्यालेसमा भएको कार्यक्रमा ५८ जना युवाहरु विभिन्न दल त्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंका सचिव श्री राजकुमार नकर्मी, नगरसभापती नगरप्रमुख घनश्याम गिरी, तरुण दलका युवा नेता तथा समाज सेवी ईश्वर लामा लगाएत उपस्थिती थियो ।