नेकपा ‘एस’ मा सांसद् रमा आलेमगर, सामाजीक सञ्जालमा बधाई दिनेको ओइरो

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश अनुसार निर्वाचन आयोगले दल छनोट गर्न २२ भदौसम्मको समयसीमा तोकेपछि नेकपा एमालेका प्रदेश सांसदहरू एमाले र एकीकृत समाजवादीमा खुल्ने क्रम जारी छ ।

मंगलबार बागमती प्रदेशका काठमाण्डाै क्षेत्र नं. १० ख बाट निर्वाचित रमा आलेमगर सहित १२ जना सांसदले नवगठित माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । एमाले एक हुँदा नेपाल पक्षमा खुलेका २२ मध्ये मंगलबार १२ सांसद एकीकृत समाजवादीतिर लागेका हुन् । बागमती प्रदेशमा अब एमालेसँग ४४ सांसद छन् ।

एक सय १० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । विभाजनअघि एमालेसँग ५६ नै सांसद थिए । एकल बहुमतकै आधारमा एमालेले ४२ महिनादेखि सरकारको नेतृत्व गर्दै आएको थियो ।

सामाजीक सञ्जालमा मिश्रित प्रतिक्रिया

बुधबार साँझ सांसद् रमा आले सचिवालयको फेसबुकमा क्याप्सन सहित ७ वटा फोटो अपलोड भएका छन् । क्याप्सनमा “नेकपा (समाजबादी) को छलफल चन्द्रागिरीमा सुरुवात यो समुह आगोको झिल्को हौँ केहि समय लाग्न सक्छ वन सक्छ l यसमा आबद्ध हुन सबैमा अनुरोध छl” लेखिएको छ ।

सांसद आले सचिवालयको फेसबुक पोष्टमा यो समाचार तयार गर्दासम्म एक सय १८४ वटा कमेन्ट गरिएका छन् जसमा अधिकांशले सांसद आलेलाई शुभकामना दिएका छन् भने केहिले गलत निर्णय भन्दै आलोचना गरेका छन् ।