काठमाडौं क्षेत्र नं १० मा आज संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम सम्पन्न

आसन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा काठमाडौंको दक्षिण-पश्चिम (निर्वाचन-१०) क्षेत्र लाई बिगत देखि निक्कै चाखपुर्वक हेर्ने गरेको पाईन्छ। कुनै कालखण्ड वाम घटकको गढ मानिने यस क्षेत्र दोस्रो संविधान सभाको निर्वाचन पश्चात नेपाली काङ्ग्रेसले एकछत्र आफ्नो बाहुबल जम्माइरहेको छ। देशभर वाम गठबन्धनको लहर हुँदा पनि नेपाली काङ्ग्रेसले यहाँ सहज जित कायम राख्यो।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा भने समीकरण बदँलिएको छ। पाँच दलिय गठबन्धन मोर्चाका पार्टीहरु बिच आपसी समझदारी कायम नहुदाँ प्रदेश (ख) मा मित्रवत प्रतिस्पर्धा गर्न चुनावी मैदानमा उत्रिएका छ्न्। प्रदेश (क) मा भने नेपाली काङ्ग्रेस र नेकपा (एकीकृत समाजवादि) पार्टीको संयुक्त गठबन्धन रहेको छ।

नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय कमिटी सदस्य एवं काठमाडौं क्षेत्र नं १० बाट प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार राजेन्द्र कुमार केसिको प्रमुख आतिथ्यतामा आज किर्तिपुरमा संयुक्त गठबन्धन दलका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम ठुलो पार्टी कार्यकर्ता पंक्तिका बिच सम्पन्न भएको छ।

कार्यक्रममा काठमाडौं क्षेत्र नं १० प्रदेश (ख) का लागि गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रिय कमिटी सदस्य एवं निवर्तमान बाग्मती प्रदेश सभाका सदस्य रमा आले मगरले,- “आफु लाई जनताले जन प्रतिनिधिको जिम्मेवारी दिइसके पछि कुनै पनि पक्षपात नगरी हरेक टोल टोलमा विकास पुर्वाधार र जनजिविकाको सवालमा प्रतिबद्ध भएर लागेको कुरा राख्नु भयो।” यसको मापन जनताले ठिक ढंगले राखेको हुँदा आफू लाई मङ्सिर ४ गते पुनः अनुमोदन गर्नेमा बिस्वस्त रहेको जानकारी दिनु भयो।

नेपालि काङ्ग्रेस पार्टी काठमाडौं क्षेत्र नं १० का क्षेत्रीय सभापती एवं निवर्तमान प्रदेश सभा सदस्य पुकार महर्जनले कार्यक्रममा गठबन्धन आजको आवश्यकता रहेता पनि प्रदेश (क) मा यसको अवमूल्यन भएको कुरा उल्लेख गर्नु भयो। “गठबन्धनको मूल्य मान्यता अनुसार जित कायम रहेको स्थानमा सोही पार्टीको उम्मेदवार रहने थियो। तर यसको खिलापमा यता कता कुनै पार्टी गएता पनि आम काङ्ग्रेस जनको भावनालाई उच्च कदर गर्दै आफुले उम्मेदवार दर्ता गरेको”- उनले भने।

परिचयात्मक कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फ बाट प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवार प्रल्लाद बहादुर कार्कि लगायत नेपाली काङ्ग्रेस पार्टीका तर्फ बाट बाग्मती प्रदेश सभाका लागि समानुपातिक उम्मेदवारहरु यमुनादेवि श्रेष्ठ र धर्मराज केसि अतिथीका रुपमा रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथी राजेन्द्र कुमार केसिले नेपालमा आज सम्म ठुला राजनीतिक आन्दोलन र परिवर्तनहरु कम्युनिस्ट र काङ्ग्रेसहरु संयुक्त मिलेर नै ल्याएकोले वर्तमान गठबन्धन कुनै अप्राकृतिक नभई नेपालको सार्वभौमसत्ता र संविधान रक्षार्थ रहेको बताउनु भयो। उनले,-“पार्टीको केन्द्रिय निर्देशन अनुसार गठबन्धनका उम्मेदवारहरु लाई बिजय गराउन दलिय मोर्चाका सम्पुर्ण नेतृत्व र कार्यकर्ता लाई संयुक्त तवरले लाग्न अपिल पनि गरें।”