सुष्माले जितन् एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक

चन्द्रागिरि ।

थाइल्यान्डको बैंककमा जारी एएसबीसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुष्मा तामाङ्गले ऐतिहासिक रजत पदक जितेकी छिन् । ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी छन् ।

सुष्माले प्रतियोगिताको महिलातर्फ ४८ केजी तौलसमूहमा पहिलो पटक फाइनलमा पुग्दै इतिहास रचेकी थिइन् । उनी यो प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बन्दै इतिहास बनाएकी थिइन्।

फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् । त्यसअघि उनले भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै ऐतिहासिक प्रदर्शनका साथ फाइनल पुगेकी थिइन् । चन्द्रागिरि नगरपालिका १० बोसिगाउँका पूर्वराष्ट्रिय बक्सिङ खेलाडी दिपक महर्जन तामाङका प्रशिक्षक हुन्  ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै मुख्य प्रशिक्षक दीपक महर्जनले १ लाख ८० हजार र प्रशिक्षक सन्दिप श्रेष्ठले ६० हजार पाउनेछन् भने संघले पनि १ लाख ८० हजार पाउनेछ ।