
मातातीर्थ संरक्षण तथा विकास समिति द्वारा प्रथम मातातीर्थ गोल्डकप प्रतियोगिता को शुभारम्भ गरेकाे छ ।
चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित फुटबल मैदानमा एक कार्यक्रमका विच चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले प्रथम मातातीर्थ गोल्डकप प्रतियोगिता शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बाेल्दै चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले स्वस्थ जिवनका लागि खेलकुद भएका कारण खेलका लागि सवै वडाहरूमा पुर्वाधार विकासमा लगानी गरिरहेकाे बताए । नगर प्रमुख गिरीले भने,” शिक्षा,पुर्वाधार र राेजगारी मात्र नभई स्वास्थ नागरिक बनाउन खेलकुद महत्त्वपूर्ण विषय भएकै कारण खेलाडीहरूकाे खेल पाउने अधिकारलाई हामीले उच्च प्राथमिकतामा राखेका छाै ।”
आजबाट सुरू भएको प्रथम मातातीर्थ गोल्डकपमा ग्रीन हिल्स युवा क्लबले विजयी सुरूवात गरेको छ । ल्याक्टो युवा क्लबलाई २ – १ लाई हराउँदै ग्रीन हिल्सले सुखद सुरुवात गरेको हो ।
You must be logged in to post a comment.