नवाैं राष्ट्रिय खेलकुदमा चन्द्रागिरि-१२ बलम्बुका सन्जिवलाई स्वर्ण पदक

 नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै बिहीबार विश्राम लिएको छ। २०८१ सालमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको हो। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चन्द्रागिरि नगरपालिकामा कम्तीमा ३ वटा पदक भित्रिएका छन् ।



jibss

बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापनमा चन्द्रागिरि नगरपालिका वडा नं. १२ बलम्बुका सन्जिव महर्जनले उसु खेलमा स्वर्ण जितेका छन् । उनी सशस्त्र प्रहरी बलको तर्फबाट उसु खेल खेलाका हुन् ।

यसै पुरुषको एकल काता र पुरुष समुह काता विधामा चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँका स्वर्णिम मानन्धरले सशस्त्र प्रहरी बल तर्फबाटै दोहोरो स्वर्ण पदकजितेका थिए ।