चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नगर प्रमुख घनश्याम गिरीको प्रमुख अतिथिमा लायन्स क्लब अफ काठमाडाैं यूनिटी सर्कल, विष्णुदेवी युथ क्लब र विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजको संयुक्तमा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

चन्द्रागिरि नगर प्रमुख घनाश्याम गिरि तथा च.न.पा का वडा अध्यक्षहरु लगाएत स्थानीय युवाहरु उपस्थित रहेको थियो।

च.न.पा-१५ तीनथानाको विष्णुदेवी मन्दिर क्षेत्रमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थियो । कार्यक्रममा स्थानीय युवाका साथै अध्यक्षहरु, च.न.पा का जवानहरुले पनि रत्तदान गरेका थिए ।

यसै गरी अगामी दिनमा पनि यस्तै साथ सहयोग र मायाको अपेक्षा राख्दै निरन्तर सामाजिक कायर्क्रममा सक्रियता रहने प्रतिबद्धता व्यक्त गर्दै च.न.पा १५ वडा सदस्य तथा विष्णुदेवी युथ क्लबका अध्यक्ष आशिष महर्जनले धन्यवाद दिए।

साथै नेपाली कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका सचिव नबिन मर्हजनले हामी एक जुड भएर जाँदा धेरै जनसहभागिता हुने र धेरै रगत संकलन गर्न सकिने र धेरैको ज्यान बचाउन ठुलै टेवा पुग्ने बताएका थिए ।